Visa Po!

Visas for Filipinos

Nepal TPS मा रजिष्टर गर्ने अन्तिम मिति डिसेम्बर 21, 2015 हो

अस्थायी सुरक्षित स्थिति (Temporary Protected Status (TPS)) मा नेपालका योग्य नागरिकहरू (र योभन्दा पहिले नेपालमा बसोबास गर्ने बिना राष्ट्रियताका व्यक्तिहरू) ले दर्ता गर्ने अन्तिम मिति सोमबार, डिसेम्बर 21, 2015 हो। यो अन्तिम मितिले 180 दिने प्रारम्भिक दर्ता अवधिको समाप्तिलाई जनाउँछ। नेपालका लागि TPS नियुक्ति जुन 24, 2015 बाट सुरु भएर डिसेम्बर 24, 2016 सम्म चलिरहन्छ।

योग्यता

TPS का लागि योग्य हुन, तपाईं जुन 24, 2015 देखि संयुक्त राज्यमा दुबै “भौतिक रूपमा निरन्तर उपस्थित” वा “निरन्तर बसोबास” सहित सबै योग्यता मापदण्ड पूरा गर्नुहुन्छ भनी तपाईंले प्रमाणित गर्नुपर्छ। तपाईंले कडा सुरक्षा जाँचहरू पनि झेल्नुपर्छ। केही आपराधिक रेकर्ड भएका व्यक्तिहरू वा राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन सक्ने व्यक्तिहरू TPS का लागि योग्य हुँदैनन्।

दर्ता प्रक्रिया

TPS का लागि दर्ता गर्न, तपाईंले निम्न कुरा पेश गर्नुपर्छ:

  • I-821 फाराम, अस्थायी सुरक्षित स्थितिका लागि आवेदन;
  • I-821 फाराम आवेदन शुल्क (वा शुल्क मिनाहा अनुरोध);
  • यदि तपाईं 14 वर्ष वा सोभन्दा बढी उमेरको हुनुुहुन्छ भने बायोमेट्रिक सेवा शुल्क (वा शुल्क मिनाहा अनुरोध);
  • तपाईंलाई रोजगार अनुमति कागजात (Employment Authorization Document (EAD)) नचाहिए पनि, I-765 फाराम, रोजगार अनुमतिका लागि आवेदन; र
  • I-765 फाराम आवेदन शुल्क (वा शुल्क मिनाहा अनुरोध), तर तपाईंलाई EAD आवश्यक हुँदा मात्र। यदि तपाईं EAD चाहनुहुन्न भने, आवेदन शुल्क आवश्यक हुँदैन। 14 वर्ष मुनिका वा 65 वर्ष माथिका प्रारम्भिक आवेदकहरूका लागि I-765 शुल्क लाग्दैन; यी आवेदकहरूले तिनीहरूको प्रारम्भिक EAD कार्डहरू नि:शुल्क प्राप्त गर्न सक्नेछन्।

शुल्क र शुल्क मिनाहा

यदि तपाईं शुल्क भुक्तान गर्न सक्नुहुन्न भने, फाराम I-912, शुल्क मिनाहाका लागि अनुरोध दायर गरेर, वा लिखित अनुरोध पेश गरेर तपाईंले हामीलाई I-821 फाराम आवेदन शुल्क, I-765 फाराम आवेदन शुल्क, वा बायोमेट्रिक सेवा शुल्क मिनाहा गर्नका लागि अनुरोध गर्न सक्नुहुनेछ। तपाईंले आफ्नो शुल्क मिनाहा अनुरोधसँगै सहायक कागजातपत्र पनि पेश गर्नुपर्छ। यदि तपाईंले आवश्यक दर्ता शुल्क वा उचित कागजात सहितको शुल्क मिनाहा अनुरोध पेश गर्नुभएन भने, हामी तपाईंको TPS आवेदनलाई अस्वीकार गर्नेछौं।

थप जानकारी

योग्यता, आवेदन प्रक्रिया र दर्ता गर्ने स्थान बारे मार्गदर्शन सहित नेपालका लागि TPS को नियुक्ति बारेमा थप जानकारीका लागि uscis.gov/tps, नेपाल TPS पृष्ठ वा संघीय दर्ता सूचना हेर्नुहोस्।

यो वेब सतर्कता अंग्रेजी मा पनि उपलब्ध छ


From Source

2270 Total Views 2 Views Today

Other Related Posts:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Visa Po! 1994-2014 © All Rights Reserved